साढे ५ करोड ठगी र आपराधिक विश्वासघात मुद्दाका २ प्रतिवादी पक्राउ

March 26, 2026

News Summary

Generated by OK AI. Editorially reviewed.

  • काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पाँच करोड ७० लाख रुपैयाँ बराबरको ठगी तथा आपराधिक विश्वासघात कसुरमा दुई प्रतिवादी पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा काभ्रेको पाँचखाल नगरपालिका–२ का ५८ वर्षीय कृष्णप्रसाद दंगाल र चितवनको खैरहनी नगरपालिका–१० कि २८ वर्षीया सरिता गुनी रहेका छन्।
  • उनीहरुविरुद्ध धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको र गुनीविरुद्ध चितवन प्रहरीले ६२ लाख रुपैयाँको बैंकिङ कसुरका दुई मुद्दा दर्ता गरेको छ।

१२ चैत, काठमाडौं । पाँच करोड ७० लाख रुपैयाँ बराबरको ठगी तथा आपराधिक विश्वासघात कसुरका दुई प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा काभ्रेको पाँचखाल नगरपालिका–२ शिवचोक घर भएका ५८ वर्षीय कृष्णप्रसाद दंगाल र चितवनको खैरहनी नगरपालिका–१० कि २८ वर्षीया सरिता गुनी छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कागेश्वरी मनोहराबाट पक्राउ गरेको हो ।

उनीहरुविरुद्ध धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको पाइएको छ । यसअघि गुनीविरुद्ध चितवन प्रहरीमा ३२ र ३० लाख गरी ६२ लाख बैकिङ कसुरको दुई वटा मुद्दा दर्ता भएको पाइएको छ ।



Source link

Tags:

Leave a Reply

Your email address will not be published. Required fields are marked *