News Summary
Generated by OK AI. Editorially reviewed.
- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पाँच करोड ७० लाख रुपैयाँ बराबरको ठगी तथा आपराधिक विश्वासघात कसुरमा दुई प्रतिवादी पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा काभ्रेको पाँचखाल नगरपालिका–२ का ५८ वर्षीय कृष्णप्रसाद दंगाल र चितवनको खैरहनी नगरपालिका–१० कि २८ वर्षीया सरिता गुनी रहेका छन्।
- उनीहरुविरुद्ध धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको र गुनीविरुद्ध चितवन प्रहरीले ६२ लाख रुपैयाँको बैंकिङ कसुरका दुई मुद्दा दर्ता गरेको छ।
१२ चैत, काठमाडौं । पाँच करोड ७० लाख रुपैयाँ बराबरको ठगी तथा आपराधिक विश्वासघात कसुरका दुई प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा काभ्रेको पाँचखाल नगरपालिका–२ शिवचोक घर भएका ५८ वर्षीय कृष्णप्रसाद दंगाल र चितवनको खैरहनी नगरपालिका–१० कि २८ वर्षीया सरिता गुनी छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कागेश्वरी मनोहराबाट पक्राउ गरेको हो ।
उनीहरुविरुद्ध धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको पाइएको छ । यसअघि गुनीविरुद्ध चितवन प्रहरीमा ३२ र ३० लाख गरी ६२ लाख बैकिङ कसुरको दुई वटा मुद्दा दर्ता भएको पाइएको छ ।