निवासगोपाल वैद्य अन्तर्राष्ट्रिय कराते सेमिनारमा सहभागी हुने

March 26, 2026

News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपाल सोतोकान कराते संघका प्रमुख प्रशिक्षक निवासगोपाल वैद्य जापानमा हुने अन्तर्राष्ट्रिय कराते सेमिनारमा सहभागी हुने भएका छन्।
  • वैद्यले टिकट समस्या कारण सेमिनार मार्च २८ तारिखदेखि मात्र सहभागी हुने बताए।
  • वैद्यलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता लगायतले बिहीबार बिदाइ गरे।

१२ चैत, काठमाडौं । नेपाल सोतोकान कराते संघ (एसकेआईएफ) का प्रमुख प्रशिक्षक निवासगोपाल वैद्य जापानको टोकियोमा हुने अन्तर्राष्ट्रिय कराते सेमिनारमा सहभागी हुने भएका छन् ।

सेमिनार मार्च २७ देखि २९ तारिखसम्म हुनेछ । वैद्य शुक्रबार टोाियो जाने छन् । सेमिनार मार्च २७ देखि सुरु हुने भएपनि टिकट पाउन समस्या भएकाले मार्च २८ तारिखदेखि सेमिनारमा सहभागी हुने वैद्यले बताए ।

काता/कुमुतेको सेमिनारसंगै ग्रेडिङ पनि हुनेछ । ६९ वर्षको उमेरमा पनि करातेमा सक्रिय छैटौं डान वैद्य नेपाल कराते महासंघका सल्लाहकार पनि हुन् ।

वैद्यलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहतालगायतले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *