गगन थापा – Online Khabar

March 26, 2026

News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विश्वभर बसोबास गर्ने नेपाली मूलका नागरिकलाई नेपालसँग जोड्न कांग्रेसले पहल गर्ने बताए।
  • एएनओ अध्यक्ष डिल्ली अधिकारीले नेपालले नेपाली मूलमैत्री कानुन निर्माण गरी लगानी आकर्षित गर्नुपर्नेमा जोड दिए।
  • सभापति थापाले कांग्रेसले चुनावी घोषणा पत्रमा नेपाली मूलका नागरिकलाई समेट्ने प्रयास गरेको उल्लेख गरे।

१२ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विश्वभरमा बसोबास गर्ने नेपाली मूलका नागरिकलाई नेपालसँग जोड्न नेपाली कांग्रेसले पहल गर्ने बताएका छन् ।

एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) का अध्यक्ष डिल्ली अधिकारीसहितको प्रतिनिधिमण्डलसँग बिहीबार साँझ भएको भेटमा उनले यस्तो बताएका हुन् ।

सभापति थापाले कांग्रेसले आफ्‌नो चुनावी घोषणा पत्रमा नेपाली मूलका नागरिकलाई समेट्ने प्रयास गरेको बताए ।

एएनकोका अध्यक्ष अधिकारीले नेपालको विकास र समृद्धिका लागि आफ्‌नै मूलका नागरिकबाट लगानी आकर्षित गर्नुपर्ने र यसका लागि नेपालले नेपाली मूलमैत्री कानुन निर्माण गर्नुपर्नेमा जोड दिए ।

नेपाली संस्कृतिका माध्यमबाट विश्वभरका नेपालीलाई जोड्ने अभियानमा एएनओ क्रियाशील रहेको जानकारी पनि उनले गराए ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *